गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ ०९:५०
Dho

संरचना बनेसंगै आवश्यक औषधी र उपकरणहरु भित्रिदै जगन्नाथमा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, फागुन २८, २०८०
संरचना बनेसंगै आवश्यक औषधी र उपकरणहरु भित्रिदै जगन्नाथमा

बाजुरा: सरकारले दुई वर्षभित्र सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा पु¥याउनका लागि अस्पताल निर्माण गर्ने घोषणा गरे पनि कैयौ स्थानीय तहले निर्माणको प्रक्रिया नै अगाडी बढाएका छैनन् ।  

सरकारले ०७७÷७८ को नीति तथा कार्यक्रममा  सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य पु¥याउने उद्देश्यले पाँच, दस र १५ शय्याका अस्पताल निर्माण गर्ने घोषणा गरेको थियो ।

सोही अनुसार सरकारले बजेट विनियोजन गरेपनि ती स्थानीय तहमा  जग्गा नभएको र उपलब्ध जग्गामा पनि विवादले गर्दा अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाउन नसकेका हुन् ।

No description available.

सरकारले ०७७÷७८ मा ३९६ र ०७८÷७९ मा दुई सय ५९ आधारभूत अस्पताल निर्माण गर्नका लागि बजेट विनियोजन गरेको थियो । अहिलेसम्म चार सय १३ स्थानीय तहले मात्र अस्पताल निर्माणको प्रक्रिया अगाडी बढाएका छन् ।

यस्तै २६ स्थानीय तहले सबै रकम लिएर अस्पताल निर्माणको अन्तिम प्रक्रियामा पुगेको अवस्थामा बाजुराको जगन्नाथ गाउँपालिकाले अस्पताल निर्माणको काम सम्पन्न गरेर आगामी आर्थिक वर्षबाट सेवा सञ्चालन गर्ने गरी तयारी तीव्र पारेको छ ।

जिल्लामै पहिलो पटक अस्पतालको संरचना निर्माण भए पश्चात् स्वास्थ्यकर्मी राजन कुमार थापा को समन्वयमा आवश्यक औषधी र उपकरणहरु पालिकामा भित्रिने क्रम जारी रहेको छ । दोस्रो चरणमा थप उपकरणहरु वैशाख मसान्तभित्रमा पालिकामा पुर्याउने गरी सम्पूर्ण तयारी पूरा भएको थापाले बताएका छन् ।

जगन्नाथ गाउँपालिका अस्पतालले छिमेकी स्थानीय तहका नागरिक संगै छिमेकी जिल्ला कालिकोट र मुगुलाई पनि सहज हुने भएको छ । 

No description available.

प्रतिक्रिया