गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:२९
Dho

देशकाे अवस्था तुलना गर्न नसकिने गरी परिवर्तन भएको छ : अध्यक्ष ओली

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
शनिबार, फागुन २६, २०८०
देशकाे अवस्था तुलना गर्न नसकिने गरी परिवर्तन भएको छ : अध्यक्ष ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अवस्था तुलना गर्न नसक्ने गरी परिवर्तन भएको बताएका छन्। कतिपयले अवस्था परिवर्तन भएन व्यवस्था मात्रै परिवर्तन भयो भन्ने गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले सो कुरामा सत्यता नभएको दावी गरे।

शनिबार मोतिदेवी स्मृति केन्द्रले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिले ४० प्रतिशतको हाराहारीमा महिला जनप्रतिनिधिहरू रहेको बताउँदै विगतमा त्यस्तो थियो र ? भन्दै प्रश्न समेत गरे।

उनले भने,'  कतिपयले व्यवस्था परिवर्तन भयो अरु थोक केही भएन भन्ने गरेका छन् । व्यवस्थासँगै अवस्था पनि परिवर्तन भएको छ। अवस्था परिवर्तन तुलना गर्न नसकिने गरी भएको छ। महिलाहरू मन्त्री भइसक्नु भएको छ।

माननीय भइसक्नु भएको छ। अहिले ४० प्रतिशतको हाराहारीमा महिला जनप्रतिनिधिहरू रहेका छन्। ३३ प्रतिशतले सरकारकी क्षेत्रमा कार्यान्वयन भएको छ। संसदमा कार्यान्वयन भएको छ। अरु ठाउँमा जागिरमा आरक्षण गरिएको छ। '

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आरक्षणमा समानुपातिकमा महिला र पुरूष भनेर तोकेर नै भनिएको र अब यसलाई कम्तीमा यति महिला भनेर तोकिनु पर्ने वा सकेजति संख्या बढाउनुपर्ने जिकिर गरे।

उनले अब महिलाहरूलाई सशक्तिकरणका माध्यमबाट पुरुष सहर अधिकार दिलाउन नेकपा एमाले लागिपर्ने उल्लेख गरे।

कानुन निर्माण, सामाजिक न्याय र समानताका लागि  भएका हरेक आन्दोलनमा एमाले अग्रस्थानमा रहेको दावी गरे।  उनले जनताको अवस्था पूर्णरुपमा राम्रो बनाउने जिम्मेवारी पनि आफूहरूमा रहेको औंल्याए।

प्रतिक्रिया