गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:०२
Dho

गाैमुलमा अनुगमन समिति संयोजक सीता थापाद्धारा योजनाहरुको अनुगमन

मुल्याकंनका आधारमा ठेकेदार कम्पनीलाई भुक्तानी गरिने
बाजुरा
रमित वि.क.
बुधबार, फागुन २३, २०८०
गाैमुलमा अनुगमन समिति संयोजक सीता थापाद्धारा योजनाहरुको अनुगमन

बाजुरा: गौमुल गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक सीता थापाले निर्माण कार्य सम्पन्न भएका विभिन्न योजनाहरुको आज अनुगमन गर्नुभएकाे छ ।

आज गौमुल गाउँपालिका–१, २ र ३ नम्बर वडामा सञ्चालित योजनाको संयुक्त रुपमा अनुगमन गर्नुभएको हो । निर्माण कार्य सम्पन्न भएका योजनाहरुको गुणस्तर र प्रभावकारिता बारेमा निर्माण स्थलमा पुगेर प्राविधिक सहित लिएर मुल्याकंन गरिएको छ ।

गाउँपालिकाको केन्द्र घट्मुनाबाटसियाढुंगा हुदैं वडा नम्बर १ अम्लिस जोड्ने सिम सम्मको सडक मर्मत योजना, गाउँपालिका र आई.एन.एफ.नेपालको साझेदारीमा लगानी गरिएको मालेखराको गोरेटो बाटोको प्रत्यक्ष स्थलमा गएर अनुगन गर्नुभएको छ ।

यस्तै गौमुल गाउँपालिका–२ को तुसारीगाड लघुजलविद्युत आयोजना उपभोक्ता समितिको नहर निर्माण योजनाको समेत अनुगमन गरिएको छ ।

त्यस्तै ग्रेनीघाटदेखि वडा नम्बर ३ को वडा कार्यालय माझपालीसम्म जोड्ने सडक निर्माणको अवस्थाका बारेमा अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा योजनामा स्टमेट अनुसार काम भए नभएको तथा गुणस्तरीय भए नभएको मुल्याकंनका आधारमा ठेकेदार कम्पनीलाई भुक्तानी गरिने अनुगमन समितिको भनाई रहेको छ ।

कतिपय योजनाहरुको गुणस्तर राम्रो रहेको पाईएका कारण प्राविधिकहरुले पूर्व स्टमेट गरे अनुसार काम गरिनुपर्ने अनुगमन समिति संयोजक सीता थापाले बताउनुुभएको छ ।

स्थानीय सरकारले निर्माण गरेका कतिपय योजनाहरुको गुणस्तरमा सबैले ध्यान दिन आवश्यक रहेको बताउँदैं अपनत्वको भावनाको विकास सबैमा जागृत हुनुपर्नेमा जोड दिनुभएको छ ।

गौमुल गाउँपालिका इन्जिनियर धर्म खडायत सहित लिएर उपाध्यक्ष थापा योजना निर्माण स्थलमा पुग्नुभएको हो । अनुगमन पश्चात् मात्र ती निर्माण सम्पन्न गरिएका सम्पूर्ण योजनाहरुको भुक्तानी गरिने भएको छ ।

अनुगमनमा उपाध्यक्ष सीता थापा, वडा अध्यक्ष गोरख बोहरा, वडा सदस्य प्रेम रोकाया, इन्जिनियर धर्म खडायत, रेडियो गौमुलका स्टेशन प्रबन्धक रमित विक, प्राविधिक अर्जुन रोकाया लगायतको सहभागीता रहेको थियो । 

प्रतिक्रिया