गाैमुल खबर डटकम आइतबार ०९, मङि्सर २०८१ ०३:०४

परराष्ट्रमा नारायणकाजी, अर्थमन्त्रीमा वर्षमान पुन पक्का

गाैमुल खबर गाैमुल खबर
बुधबार, फागुन २३, २०८०
परराष्ट्रमा नारायणकाजी, अर्थमन्त्रीमा वर्षमान पुन पक्का

काठमाडौं । नेकपा एमाले-माओवादी केन्द्रसहितको गठबन्धनले केही मन्त्रालयको टुंगो लगाएको छ । मन्त्रिपरिषदमा नेकपा एमालेको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने भएका छन् । उनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री बन्ने एमाले उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए ।

त्यस्तै माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री र वर्षमान पुन अर्थमन्त्री बन्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रालय पाउने टुंगो लागेको एमाले उपाध्यक्ष पौडेलले बताए ।

प्रतिक्रिया