गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:३९
Dho

माधव नेपाललाई ओली र प्रचण्डको प्रस्ताव : अब हामी सँगै जाऔं

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, फागुन २२, २०८०
माधव नेपाललाई ओली र प्रचण्डको प्रस्ताव : अब हामी सँगै जाऔं

 काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग झण्डै दुई घण्टा छलफल गरेका छन् ।

नयाँ गठबन्धन बनाएपछि प्रधानमन्त्री प्रचण्ड सोमबार नै अध्यक्ष नेपालको निवास कोटेश्वर पुगेका थिए । मंगलबार एमाले अध्यक्ष ओली उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललाई समेत लिएर पुगे ।

एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालका अनुसार भेटमा प्रधानमन्त्री प्रचण्डले नयाँ गठबन्धन बनाउनु पर्नाका कारणबारे बताएका थिए । उनी र ओलीले अब सँगै जाउँ भनेर प्रस्ताव गरेका भूसालले बताए ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने नयाँ गठबन्धन गर्दा किन चार दल मात्र सहभागी भएको भन्ने प्रश्न गरेका थिए । ‘प्रधानमन्त्रीले आफ्ना बाध्यताहरु बताउनुभयो’, महासचिव भूसालले भने, ‘सँगै जाऔं भन्ने प्रस्तावमा हामी सकारात्मक छौं । भोली बैठक बसेर कसरी अगाडी बढ्ने छलफल गर्छौं ।’

प्रतिक्रिया