गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:३८
Dho

भागबण्डाबारे छलफल गर्न बालुवाटारमा चार दलको बैठक जारी

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, फागुन २२, २०८०
भागबण्डाबारे छलफल गर्न बालुवाटारमा चार दलको बैठक जारी

काठमाडौं : नयाँ सत्ता समीकरणको भागबण्डा मिलाउन चार दलको बैठक बालुवाटारमा जारी रहेको छ। बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेताबीच मन्त्रालयको विषयमा छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

उनले भने,‘बिहान प्रधानमन्त्री ज्यूले सत्ता समीकरण बाहेकका दलहरुसँग संवाद गर्नुभयो । अहिले चार दलका शीर्ष नेताहरु र कार्यदलका सदस्यहरुबीच छलफल चलिरहेको छ।

आज मन्त्रालय बाँडफाँड, मन्त्रिमण्डल कसरी भागबन्डा गर्ने, मन्त्रालयको वर्गीकरण, मापदण्ड र सरकारको साझा न्यूनतम् कार्यक्रमसहितका विषयमा छलफल हुन्छ।’

नयाँ सत्ता समीकरणपश्चात ८ बुँदे सहमति पत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’,रास्वपाका सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका थिए।  

सहमति अनुसार सोमबार प्रधानमन्त्री प्रचण्डले सबै मन्त्रीहरूलाई हटाएर एमाले, माओवादी, रास्वपाका एक/एक जनालाई साथमा लिएर नयाँ मन्त्रिपरिषद् गठन गरेका छन्।

नयाँ गठबन्धन बनेपछि आज विना विभागिय मन्त्रीहरुको रुपमा एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याललाई सपथ ग्रहण गरिसकेका छन्।

प्रतिक्रिया