गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:२२
Dho

मुख्यमन्त्री शाहले गरे माओवादीका सबै मन्त्री बर्खास्त

गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, फागुन २२, २०८०
मुख्यमन्त्री शाहले गरे माओवादीका सबै मन्त्री बर्खास्त

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले माओवादीबाट मन्त्री बनेकाहरुलाई बर्खास्त गरेका छन्।

मुख्यमन्त्री शाहले प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका दुई जना मन्त्री र राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन्। केन्द्रमा कांग्रेस–माओवादीको गठबन्धन भंग भएर एमालेसहितको नयाँ गठबन्धन बनेपछि काँग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री कमलबहादुर शाहले उनीहरूलाई बर्खास्त गरेका हुन्।

शाहले उद्योग पयर्टन वन तथा वातावरण मन्त्री रमेशसिंह धामी, सामाजिक विकासमन्त्री झपट साउँद र राज्यमन्त्री गितादेवी माललाई मंगलबार बर्खास्त गरेका हुन्।

तर शाहले नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई भने कायम राखेका छन्। सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त छ।

प्रतिक्रिया