गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:३०
Dho

कर्णाली प्रदेशमा कांग्रेसका ३ मन्त्रीले राजीनामा दिंदै

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, फागुन २२, २०८०
कर्णाली प्रदेशमा कांग्रेसका ३ मन्त्रीले राजीनामा दिंदै

बाजुरा : कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सहभागी भएका तीनै जना मन्त्रीहरूले राजीनामा दिने भएका छन् । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णाली प्रदेश सरकारबाट कांग्रेस बाहिरिन लागेको हो ।

आज दिउँसो मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा बुझाउने तयारी गरेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्ण कुमार विसीले जानकारी दिए । ‘केन्द्रमा समीकरण बदलिएको छ ।

यस्तो अवस्थामा हामी सत्तामा बसिरहनुको औचित्य नै भएन नि, ‘ उनले भने, ‘हामी आज नै संयुक्त रुपमा मुख्यमन्त्रीज्यूलाई राजीनामा बुझाउँदै छौं ।’ ८ सदस्यीय प्रदेश मन्त्रिपरिषद्मा कांग्रेसबाट तीन जना मन्त्री रहेका छन् ।

कांग्रेसबाट अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसी मन्त्री छन् । उनीहरू गत वैशाखमा मात्रै मन्त्री बनेका थिए ।

प्रतिक्रिया