गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:४३
Dho

तीन वटा स्थानमा प्रशिक्षण सभा आयोजना गर्ने अनेमसंघकाे निर्णय

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, फागुन २२, २०८०
तीन वटा स्थानमा प्रशिक्षण सभा आयोजना गर्ने अनेमसंघकाे निर्णय

बाजुरा : अखिल नेपाल महिला संघ बाजुरा जिल्लाका तीन वटा स्थानमा प्रशिक्षण सभा आयोजना गर्ने निर्णय गरेको छ । नेता कार्यकर्ताको क्षमता विकास र पार्टी संगठनले बोकेको विचार सिद्धान्त बारे जानकारी गराउन कोल्टी मार्तडी र फालासैनमा प्रशिक्षण सभा गर्ने निर्णय गरेको हो ।

अनेमसंघको बैठकले केन्द्रीय प्रशिक्षक बोलाएर प्रशिक्षण सभा आयोजना गर्ने निर्णय गरेको अध्यक्ष कोपिला सिंहले जानकारी दिएका छन् । प्रशिक्षण सभा चैत्र भित्र गर्ने निर्णय गरिएको छ । एमाले पार्टी कार्यालयको सभा हलमा बसेको बैठकले चैत्र भित्रै संगठनका सदस्यता नविकरण र नयाँलाई आवेदन फारम भरिसक्ने, वडा र पालिकाको अधिवेशन पनि चैत्र भित्रै गरिसक्ने निर्णय गरेको छ ।

अधिवेशनको तयारी, अधिवेशनको सहजिकरण र सदस्यता नविकरणका लागि जिल्ला कमिटी सदस्यहरुलाई नै जिम्मेवार बनाउने गरि कार्य विभाजन गरिएको छ । बार्षिक कार्य योजना निर्माण गरि सोही आधारमा अघि बढ्ने निर्णय पनि बैठकले गरेको छ ।

अनेमसंघको अधिवेशन भने बैशाख मसान्त भित्र गर्ने र त्यसका लागि थप कार्यविभाजन अर्को बैठकले गर्ने निर्णय गरेको छ । अध्यक्ष कोपिला सिंहको अध्यक्षतामा बसेको बैठकको प्रमुख अतिथी नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य बसुन्धरा रोकाया रहनु भएको थियो ।

सचिव देवु खातीले सञ्चालन गरेको बैठकको बिशिष्ठ अतिथी अनेमसंघका प्रदेश अध्यक्ष झुमा चाैधरी, एमाले बाजुरा जिल्ला अध्यक्ष भरत थापा, अनेमसंघको केन्द्रीय सदस्य माया कुँवर, मन्देवी ओली सहीत अतिथी रहनु भएको थियो । बैठकमा सहभागि प्रदेश अध्यक्ष झुमा चौधरीलाई अनेमसंघ र एमाले पार्टीका तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । 

प्रतिक्रिया