गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:४८
Dho
गाैमुल खबर गाैमुल खबर
सोमबार, फागुन २१, २०८०
बालुवाटारमा मन्त्रालय बाँडफाँटबारे छलफल

काठमाडौं : नयाँ सत्तासमीकरण बन्ने भएपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन दलका नेताहरूबीच छलफल भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच छलफल भएको हो।

बैठकमा एमाले उपाध्यक्ष विष्णु पौडेल,महासचिव शंकर पोखरेल तथा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सहभागी छन्।

बैठकमा नयाँ समीकरण र मन्त्रालयको बाँडफाटको बारेमा छलफल भएको स्रोतले बताएको छ। प्रचण्ड र ओलीले रास्वपाका  लामिछानेलाई भौतिक मन्त्रालय दिन चाहे पनि लामिछानेले भने गृहमन्त्रालयको अडान छाडेका छैनन्। परराष्ट्रमन्त्रालयमा जसपाका अध्यक्ष उपेन्द्र यादवले दावी गरेका छन्।

एमाले र माओवादी केन्द्रले अर्थ र गृहमन्त्रालयमा दावी गरेका छन्। यद्देपि लामिछानेले गृह नछोड्ने अडान लिएपछि प्रचण्ड र ओलीले थप छलफल गर्ने तयारी गरेका छन्।

माओवादी केन्द्रको पदाधिकारी बैठक सकिएलगत्तै तीन दलका नेताहरू छलफलमा जुटेका हुन्। प्रधानमन्त्री दाहालले आजै सानो आकारको मन्त्रीमण्डल पुनर्गठन गर्दैछन्। कांग्रेससँगको गठबन्धन तोडेर माओवादी केन्द्रले एमाले,रास्वपा,जपसासँग नयाँ सत्ता गठबन्धन गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया