काठमाडौं : भोली (बुधबार) बडादसैंको दिन देशभरको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार, दिउँसो देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ भने तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
देशको हिमाली भू-भाग तथा कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ । राति कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। देशका बाँकी हिमाली र पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। तराई भू-भागमा केही स्थानमा हुस्सु र कुहिरो लाग्ने महाशाखाले जारी गरेको जानकारीमा उल्लेख छ।
दशैंको भोलिपल्ट बिहीबार दिउँसो देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। देशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। देशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ ।





प्रतिक्रिया