गाैमुल खबर डटकम आइतबार ०९, कार्तिक २०८३ ०७:०८

बाजुरामा भरुवा बन्दुक बरामद

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, कार्तिक ०९, २०८३
बाजुरामा भरुवा बन्दुक बरामद

बाजुरा ःबाजुरामा भरुवा बन्दुक बरामद गरिएको छ। जिल्लाको बुढीगंगा नगरपालिका-९ जुवापानी स्थित पाले सामुदायिक वन भित्र ओढारमा लुकाई छिपाई राखेको भरुवा बन्दुक एक थान शनिबार फेला परेको हो।

अस्थायी प्रहरी पोष्ट रिठाबजार, बाजुराबाट खटिएको प्रहरी टोलीले वेबारिसे अवस्थामा फेला पारी उक्त बन्दुक बरामद गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया