गाैमुल खबर डटकम आइतबार ०९, कार्तिक २०८३ ०७:०८

एनपीएलको पुरस्कार घोषणा : विजेताले १ करोड ५० लाख पाउने, उपविजेतालाई कति ?

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, कार्तिक ०९, २०८३
एनपीएलको पुरस्कार घोषणा : विजेताले १ करोड ५० लाख पाउने, उपविजेतालाई कति ?

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो।

क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख  र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले  ३० लाख पुरस्कार पाउनेछ। 

एनपीएलको तेस्रो संस्करण भोलिदेखि मंसिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुँदैछ।प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया