गाैमुल खबर डटकम मङ्गलबार २७, असोज २०८३ ०५:०७

गौमुलमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर, दुर्गादत्त भट्टले सम्हाले जिम्मेवारी

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, असोज २६, २०८३
गौमुलमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर, दुर्गादत्त भट्टले सम्हाले जिम्मेवारी

बाजुरा ः बाजुराको गौमुल गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रुपमा दुर्गादत्त भट्ट हाजिर भएका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट असोज ६ गते कामकाजका लागि खटाइएका भट्ट सोमबार गाउँपालिकामा हाजिर भएका हुन्।

शाखा अधिकृतका रुपमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत भट्टलाई गौमुल गाउँपालिकामा खटाइएको थियो। मन्त्रालयले खटाए लगत्तै हाजिर हुनुपर्ने भए पनि विभिन्न कारणले ढिलाइ भएको बताइएको छ।नयाँ प्रमुख प्रशासकीय अधिकृतको आगमनसँगै गाउँपालिकाको प्रशासनिक कामकाज, सेवा प्रवाह तथा विकास निर्माणका गतिविधिले थप गति लिने अपेक्षा गरिएको छ।

गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी महत्त्वपूर्ण मानिन्छ। स्थानीय सरकारका प्रशासनिक तथा आर्थिक गतिविधिलाई व्यवस्थित बनाउने, जनतालाई प्रभावकारी सेवा उपलब्ध गराउने र विकास योजनाको कार्यान्वयनमा सहजीकरण गर्ने जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतको हुन्छ।

प्रतिक्रिया