गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:४९
Dho

दैलेखमा समाजवादीका दुई केन्द्रीय सदस्य सहित सिंगो समूह एमालेमा प्रवेश

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, फागुन २०, २०८०
दैलेखमा समाजवादीका दुई केन्द्रीय सदस्य सहित सिंगो समूह एमालेमा प्रवेश

बाजुरा: नेकपा एकीकृत समाजवादी दैलेख जिल्लामा रित्तिएको छ । दैलेखमा आज आयोजित कार्यक्रममा दुई जना केन्द्रीय सदस्य सहित सवै नेता–कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका हुन ।  एकीकृत समाजवादी त्यागेर एमाले प्रवेस गर्नेहरूमा केन्द्रीय सदस्य बरुनाथ योगी र पार्वती बिसुन्के सहित २६ जना नेता रहनुभएको छ ।

नेपाली कम्युनिष्ट आन्दोलन प्रति नेकपा एकीकृत समाजवादीबाट सहयोग नपुग्ने प्रमाणित भएको कारण पुरानो घर एमाले फर्किएको बताउनुभयो । विगतमा दैलेखमा पार्टी निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका नेता हुनुहुन्छ । उहाँहरूलाई नेकपा एमाले सचिव एवंम् कर्णाली प्रदेश ईन्चार्ज लेखराज भट्टले पार्टीमा स्वागत गर्नुभयो ।

प्रवेश गर्ने नेताहरूमा बरुनाथ योगी केन्द्रीय सदस्य, पार्वती बिसुन्के केन्द्रीय सदस्य एवं पूर्वसांसद, भुपेन्द्रबहादुर शाही प्रदेश कमिटी सदस्य, बालकृष्ण केसी प्रदेश कमिटी सदस्य, निरक शाही जिल्ला कमिटी उपाध्यक्ष, कमल रिजाल जिल्ला  सचिवालय सदस्य एवं क्षेत्रीय समन्वय कमिटी सचिव भरत शाही रहेका छन् ।

No description available.

त्यस्तै विद्यार्थी सङ्गठनका केन्द्रीय सचिव बसन्त रेग्मी प्रदेश कमिटी सदस्य, भीमप्रसाद शर्मा दुल्लु नगर अध्यक्ष, हर्क नेपाली नारायण नगर अध्यक्ष महेन्द्रनाथ योगी दुल्लु नगर सचिव, धिरेन्द्र कार्की युवा संघ केन्द्रीय सचिवालय सदस्य समेत प्रवेश हुनुभएको हो ।

यसैगरी केशरसिंह माझी केन्द्रीय सल्लाहकार कमिटी, गोकर्ण माझी प्रदेश कमिटी सदस्य एवं क्षेत्रीय समन्वय कमिटी अध्यक्ष, आत्मप्रसाद उपाध्याय प्रदेश कमिटी सदस्य, खजुरा सुजी जिल्ला कमिटी सदस्य, कलम नेपाली जिल्ला कमिटी सदस्य, जगत शाही जिल्ला कमिटी सदस्य, खगेन्द्र शाही जिल्ला कमिटी सदस्य, पुर्णबहादुर  थापा जिल्ला कमिटी सदस्य, महेन्द्र थापा जिल्ला कमिटी सदस्य, छत्र माझी जिल्ला कमिटी सदस्य, यामराज थापाजि ल्ला कमिटी सदस्य, लक्ष्मी केसी जिल्ला कमिटी सदस्य, दीपक रावल जिल्ला कमिटी सदस्य एकमुष्ट एमालेमा समाहित भएका हुन् । 
 

प्रतिक्रिया