गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:४१
Dho

गठबन्धन कुनै पनि बेला टुट्न सक्ने : पौडेल

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, फागुन २०, २०८०
गठबन्धन कुनै पनि बेला टुट्न सक्ने : पौडेल

बाजुरा: नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान सत्ता गठबन्धन आफैँ भित्रका समस्या र अन्तर्विरोधको भुमरीमा फसिरहेको भन्दै कुनै पनि बेला टुट्न सक्ने बताएका छन् । आइतबार धनुषामा आयोजित महिला राष्ट्रिय हक्की प्रतियोगिताको समापन समारोहमा सहभागी हुन पुगेका उपाध्यक्ष पौडेलले जनकपुर विमानस्थलमा सत्ता गठबन्धन आफ्नै अन्तर्विरोधका कारण जुनसुकै बेला टुट्न र फुट्न सक्ने टिप्पणी गरे ।

गठबन्धन भित्रको तमासा आफूहरूले हेरिरहेको भन्दै पौडेलले भने, ‘यो गठबन्धन आफैँ भित्रका समस्या र अन्तर्विरोधहरूले चर्मराइरहेको छ,कुनै पनि बेला यो टुट्न सक्छ ,फुट्न सक्छ ।’ तर,उनले गठबन्धन फुटाउन एमालेले चासो नदिएको जिकिर गरे । सत्ता गठबन्धन फुटिहाले एमालेले काँध थाप्छ कि थाप्दैन भन्ने सञ्चारकर्मीको प्रश्नमा पौडेलले भने, ‘के को काँध थाप्नु ? काँध थाप्ने÷नथाप्ने प्रश्नै होइन नि ।

पहिले गठबन्धन कुन रूपमा अगाडि बढ्छ हेरौँ न,’ पौडेलले भने । पौडेलले देशको विकासको बाधक नै अहिले गठबन्धन बनेको टिप्पणी गरे । ‘यो देशको अग्रगति र प्रगतिको लागि यो गठबन्धन प्रमुख बाधक बनेर उभिएको छ ।’ 

प्रतिक्रिया