गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:५४
Dho

ओली र देउवासँग प्रचण्डको छुट्टाछुट्टै भेटघाट

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, फागुन २०, २०८०
ओली र देउवासँग प्रचण्डको छुट्टाछुट्टै भेटघाट

बाजुरा : संक्रमणकालीन न्यायलाई टुंगो लगाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् ।

उनले आज बिहान देउवा र ओलीसँग छुट्टाछुट्टै छलफल गरेका हुन् । संक्रमणकालीन न्यायसँग सम्बन्धित द्वन्द्व पीडितलाई न्याय तथा परिपुरण गर्ने र पीडकलाई कारबाही गर्ने विषय टुंगो लाग्न बाँकी छ ।

संसदको कानुन न्याय तथा मानवअधिकार समितिमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको (टीआरसी) विधेयकमाथि छलफल हुँदै आएको छ ।

त्यसमा मुख्य गरी चार विषयमा सहमति जुटेको छैन् । मानव अधिकारको गम्भीर उल्लंघनमा समावेश गरिएको स्वेच्छाचारी रुपमा क्रुरतापूर्वक (आर्बिट्ररी) गरिएको हत्या/दोहोरो भिडन्त बाहेक गरिएको हत्यामध्ये कुनलाई समावेश गर्ने भन्ने विषयमा कुरा मिलेको छैन ।

यसैगरी सशस्त्र द्वन्द्वका क्रममा जोडिएका र प्रभावित भएका व्यक्तिहरुलाई कसरी सम्बोधन गर्ने, मानअधिकार उल्लंघनका घटनामा मेलमिलापका लागि पीडितको स्वतन्त्र सहमति नभएमा के गर्ने र घटी सजायका सम्बन्धमा आधार कारण खुलाई सजाय कम गर्न सकिने व्यवस्था गर्ने वा प्रतिशत तोक्ने भन्ने विषयमा पनि विवाद कायम छ । कांग्रेस, एमाले र माओवादी केन्द्रले यससँग सम्बन्धित विवाद टुंगो लगाउन उपसमिति गठन गरेर छलफल गर्दै आएका छन् ।

प्रतिक्रिया