गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:५५
Dho

कैलालीमा काँग्रेस सभापति र उपसभापतिबीच माइन्युट खोसाखोस

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, फागुन १८, २०८०
कैलालीमा काँग्रेस सभापति र उपसभापतिबीच माइन्युट खोसाखोस

बाजुरा : नेपाली काँग्रेस, कैलालीको सभापति नारायणदत्त भट्ट र उपसभापति भीम बडुवालको बिचमा माइन्युट खोसाखोस भएको छ। जिल्लाको मोहन्याल गाउँपालिका–१ चोसेकाँडामा बिहिवार बोलाइएको जिल्ला कार्यसमितिको बैठकमा जिल्ला सभापति भट्ट र उप–सभापति बडुवालबिच उपस्थितिको विषयमा विवाद भएको हो।

अनुशासनको कारबाही गरिएका उपसभापति बडुवालले माइन्युटमा आफ्नो नाम किन नराखिएको भन्दै खोसेपछि विवाद भएको हो। सचिव नृप सुनारले बैठकमा उपस्थित भएका पदाधिकारी तथा कार्यसमिति सदस्यको हस्ताक्षर गराउने क्रममा बडुवालले माइन्युट खोसेका थिए। बडुवालले खोसेको माइन्युट सभापति भट्टले फिर्ता मागेका थिए। तर, बडुवालले दिएनन्। बडुवालले भने, ‘मेरो कारवाही फुकुवा भएको हो। तर, कार्यसमितिको बैठकमा बोलाइएन, मेरो नाम पनि थिएन।

कारबाही अनुशासन समितिले गर्ने हो। प्रदेश समितिले कारबाही फुकुवा गरेको थियो। तर, सभापति ज्यूले बैठकमा बोलाउनु भएन।’ बैठक नबस्दै विवाद र कोरम नै नपुगेपछि जिल्ला कार्य समितिको बैठक स्थगित गरिएको छ। उपसभापति बडुवालले लेटर प्याडको दुरुपयोग गरेको भन्दै कारवाही गरिएको थियो। प्रदेशले जिल्लाको कारबाही खारिज गरेको भनिएको थियो। तर, जिल्ला सभापति भट्टले अनुशासन समितिले कारबाही गरेकाले बडुवाललाई बैठकमा नबोलाएको बताए।

उनले भने, ‘उहाँलाई कारबाही गरिएको छ। कारबाही गरिएको व्यक्तिलाई बैठकमा कसरी बोलाउनु ? उहाँ दादागिरी शैलीमा बैठकमा आउनु भयो। त्यो स्टन्ट हो।’ सुदूरपश्चिम प्रदेश अनुशासन समितिबाट पत्र प्राप्त नभएको तर्क भट्टको छ। गत २२ साउनमा पार्टी सभापति नारायणदत्त भट्टले कैलाली क्षेत्र नम्बर ४ का नेता लोकराज पाण्डे (आगो) र सुरत बहादुर कार्कीलाई अनुशासनको कारबाही गरेका थिए।

उपसभापति बडुवालले उक्त कारबाही विधिसम्मत नभएको भन्दै लेटर प्याड प्रयोग गर्दै अर्को सूचना जारी गरेका थिए। त्यो बेलादेखि नै सभापति र उपसभापतिकाबिचमा मतभेद बढेको हो। सोही विषयलाई लिएर सभापति भट्टले बडुवाललाई स्पष्टीकरण सोधेका थिए।

नदिएपछि अनुशासन समितिले कारबाहीको सिफारिस गरेको थियो। जिल्लाले कारबाहीका लागि प्रदेश समितिलाई सिफारिस गरेपनि अहिलेसम्म प्रदेशले कुनै प्रतिक्रिया जनाएको छैन। विवाद भएको बिहिवारको बैठकमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई समेत बोलाइएको थियो। मुख्यमन्त्रीकै अगाडि उनीहरुबिच विवाद भएको हो।

प्रतिक्रिया