गाैमुल खबर डटकम शुक्रबार १३, असार २०८२ ०९:३३

माटोको ढिस्कोले च्यापिएर युवककाे मृत्यू

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, फागुन १८, २०८०
माटोको ढिस्कोले च्यापिएर युवककाे मृत्यू

बाजुरा : बाजुराकाे जगन्नाथ गाउँपालिकामा घर निर्माणको लागि जग खन्ने क्रममा माटोको ढिस्कोले च्यापिएर एक जनाको मृत्य भएको छ।

जगन्नाथ गाउँपालिका-६ काप्री स्थित आफ्नै भिनाजु दिर्घ सार्कीको घरको जग खन्ने क्रममा  एक्कासी माथिबाट माटोको ढिस्को आई कालिकोटको पलाता गाउँपालिका-२ बस्ने १८ वर्षीय वीरेन्द्र सार्कीको बुधवार दिउँसो घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

उनको घटनास्थलमै मृत्यु भएको खबर प्राप्त हुना साथ प्रहरी चौकी जुड्डी बाजुराबाट प्रहरी टोली खटी आवश्यक अनुसन्धान भईरहेको जनाएको छ।

प्रतिक्रिया