गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ ०९:५४
Dho

कारकेलामा रहेको टेलिकमको टावर तोडफोड

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, फागुन १५, २०८०
कारकेलामा रहेको टेलिकमको टावर तोडफोड

बाजुरा : जिल्लाको बुढीनन्दा नगरपालिका–७ स्थित कारकेलामा निर्माण गरिएको नेपाल टेलिकमको टावर अज्ञात समूहद्धारा तोडफोड गरिएको पाईएको छ । साविकको पाण्डुसैन गाविसका नागरिकलाई टेलिफोनको सहज पहुँचमा ल्याउने गरी निर्माण गरिएको नेपाल टेलिकमको टावर आईतबार राति अज्ञात समुहले तोडफोड गरेको नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् ।

बुढीनन्दा नगरपालिका–७ कारकेलाको ढाडनौलामा निर्माण गरेर संचालनमा रहेको फोर जी रिपीटर टावर अज्ञात समुहले तोडफोड गरेका हुन् । जनताको सुविधाका लागि वर्षाैपछि निर्माण गरिएको टावर कसले तोडफोड गरेको भन्ने विषयमा यकिन नभएको नगर प्रमुख बोहराले बताए । टेलिकमको टावर तोडफोड गरी पूर्ण रुपमा क्षती भएको बुझिएको छ ।

फोनको सुविधाबाट वर्षाैदेखि बञ्चित भएका नागरिकलाई सहज रुपमा फोन सेवाको पहुँचमा पुर्याएर जनताले सेवा सुविधा राम्रो पाईरहेको भएपनि टावर तोडफोड गरेर क्षति गरिएपछि सेवाबाट जनताहरु बञ्चित भएका छन् ।

टेलिकमको टावरमा क्षति पुर्याउने जुनसुकैलाई खोजी गरी शीघ्र कारबाहीका लागि कानुनी दायरामा ल्याउने गरी प्रहरीले अनुसन्धान थालेको छ । उक्त ठाउँमा कहिले पानीको पाईप काटेर खेतमा लगाउने, बजारमा पानी पुगेन भनेर भ्रम फैलाउने, कहिले टावर तोडफोड गर्ने, नेटकर्व आएन भन्ने कहिले बाटोमा ढुङ्गा, बार लगाउने लगायत उच्छृङ्खल कार्य हुदै आएका छन् ।
 

प्रतिक्रिया