गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:४७
Dho

एमाले कैलालीका नवनिर्वाचित पदाधिकारी र सदस्यले लिए सपथ

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, फागुन १४, २०८०
एमाले कैलालीका नवनिर्वाचित पदाधिकारी र सदस्यले लिए सपथ

बाजुरा : नेकपा एमाले कैलालीको नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । सोमबार धनगढीस्थित एमाले पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रम जिल्ला कमिटिको अध्यक्षमा निर्वाचित यज्ञराज ढुंगानासहितका पदाधिकारी र सदस्यहरुले सपथ ग्रहण गरेका हुन् ।

एमालेको केन्द्रीय निर्वाचन आयोगका सदस्य हिराचन्द्र केसीले उनीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । सपथ ग्रहण लगत्तै नवनिर्वाचित अध्यक्ष ढुंगानाले पदभार समेत ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै ढुंगानाले एमालेभित्र नेतृत्व पंक्तिमा बस्ने नेताहरुले गुटबन्दी मौलाएको बताउँदै त्यसलाई अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले आफूलाई रोक्न अधिवेशनमा समेत काठमाडौँबाट आएर नेतृत्व पंक्तिमा बस्ने नेताहरुले गुटबन्दी गरेको बताएका छन् । तर अधिवेशनमा नेताका कारण देखिएको गुटबन्दीलाई आफू निरन्तरता दिने पक्षमा नभएको समेत उनको भनाई थियो ।

अधिवेशनमा जुनसुकै समूहबाट निर्वाचित भएर आएपनि सबैलाई मिलाएर अघि लैजाने पक्षमा रहेको उनको भनाई थियो । घोडाघोडी नगरपालिकाको सुखडमा ६ फागुनमा सुरु भएको नवौँ जिल्ला अधिवेशनबाट प्रतिद्धन्द्धी डेजी पाण्डेलाई ६९ मतले पराजीत गर्दै ढुंगाना अध्यक्षमा विजयी भएका थिए ।

प्रतिक्रिया