गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५५
Dho

सुदूरपश्चिम सकारका पुर्वाधारमन्त्री देउवाको १० महिनामा १६ पटक काठमाण्डौं

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, फागुन १४, २०८०
सुदूरपश्चिम सकारका पुर्वाधारमन्त्री देउवाको १० महिनामा १६ पटक काठमाण्डौं

बाजुरा : सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले १० महिनाको अवधीमा १६ पटक संघीय राजधानी काठमाण्डौंको भ्रमण गरेका छन । भौतिक पुर्वाधार विकास मन्त्रालयले देउवाले मन्त्री भएपछि २०७९ सालको फागुन २१ गते देखि २०८० सालको पुसको ८ गतेसम्म १५ पटक काठमाण्डौंको भ्रमण गरेको तथ्यांक दिएपनि मन्त्री देउवा माघको १८ गते पनि काठमाण्डौं उडेका छन ।

‘माघको महिना पनि मन्त्री ज्यु काठमाण्डौं जानु भएको छ । मन्त्रालयको विवरणमा त्यो छुट्यो होला’ मन्त्रालयका लेखा अधिकृत शिवराज ओझाले भने । उनले माघको १८ देखि २१ गतेसम्म मन्त्री देउवा काठमाण्डौं गएको स्वीकार गरे । मुख्यमन्त्री र आर्थिक मामिला मन्त्रीको काठमाण्डौं भ्रमणको तुलनामा भौतिक पुर्वाधार मन्त्री देउवाको काठमाण्डौंको भ्रमण कम देखिएको छ ।

मुख्यमन्त्री कमल बहादुर शाहले ११ महिनामा २२ पटक र आर्थिक मामिलामन्त्री नरेश कुमार शाहीले ११ महिनामा २३ पटक काठमाण्डौं भ्रमण गरेको तथ्य सार्जजनिक भएको थियो । मन्त्री देउवाले पनि महिनामा तीन÷तीन पटक पनि काठमाण्डौं भ्रमण गरेका छन । उनले २०८० सालको जेठको १ गते, ८ गते र १७ गते गरी तीन पटक काठमाण्डौंको भ्रमण गरेका छन ।

मन्त्री देउवाले २०८० को साउन, भदौ र मंसिरमा महिनाको २÷२ पटक पनि काठमाण्डौं भ्रमण गरेका छन । साउनको १ गते र १० गते, भदौको २० गते र २७ गते तथा मंसिरको २४ गते र २९ गते गरी महिनामा २÷२ पटक काठमाण्डौंको भ्रमण गरेका हुन । मन्त्री देउवाको भ्रमण अवधी भने मुख्यमन्त्री र आर्थिक मामिला मन्त्रीको भन्दा कम छ ।

उनले १५ पटकको भ्रमणमा ५६ दिन मात्रै काठमाण्डौंमा विताएका छन । एक पटक त उनी एकै दिनमा काठमाण्डौंबाट धनगढी फर्किएका छन । २०८० असोजको २७ गते उनी एकै दिनमा धनगढी फिर्ता भएका हुन । मुख्यमन्त्री कमल बहदुर शाह भने ११ महिनाको अवधीमा ११६ दिन काठमाण्डौं बसेका थिए भने आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले २३ पटकको भ्रमणमा १०७ दिन काठमाण्डौं विताएका थिए ।

प्रतिक्रिया