गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:३५
Dho

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली कैलाली आउने

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, फागुन ०६, २०८०
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली कैलाली आउने

बाजुरा ः पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कैलाली आउने भएका छन्। एमालेको जिल्ला अधिवेशनको उद्घाटनका लागि ओली आइतवार कैलाली आउनु भएका हुन्। नेकपा एमाले कैलालीको जिल्ला अधिवेशन आइतवारबाट कैलालीको सुखडमा सुरु हुँदै छ।

एमाले अध्यक्ष ओलीले जिल्ला अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। बर्दगोरिया गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन पछि एमाले अध्यक्ष ओलीले जिल्ला अधिवेशन उद्घाटन गर्ने छन्। जिल्ला अधिवेशनको लागि एमाले अध्यक्ष ओली आजै काठमाडौँबाट आउँदै छन्।

नेकपा एमाले कैलालीको आइत र सोमवार जिल्ला अधिवेशन हुँदैछ। अधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्ने एमाले कैलालीले बताएको छ। जिल्लाको नेतृत्व लिन तीन पक्षबिच आन्तरिक सङ्घर्ष चलीरहेको छ। जिल्लाको नेतृत्व आफ्नो पक्षमा पार्न एमालेका तीन केन्द्रीय नेताहरू लबिङ गरिरहेका हुन्।

आफू निकटका नेतालाई जिल्ला अध्यक्ष बनाउन उनीहरूबिच रस्साकस्सी चलीरहेको छ। एमाले कैलालीको नवौं अधिवेशनको दिनसम्म प्रतिस्पर्धा झन् रोचक बनेको छ। अध्यक्ष पदका लागि यज्ञराज ढुङ्गाना, दुर्गा जोशी र डेजी पाण्डे गरी तीन जनाले दाबी गरेका छन्। ढुङ्गाना पूर्व प्रदेश कमिटी सचिवालय सदस्य हुन् भने जोशी कैलालीको कार्यवाहक अध्यक्ष र पाण्डे सचिव हुन्।

उपाध्यक्षमा लोकेन्द्र शाही, मनराज शाही, नृप खडायत, मदनराज ओझा, शर्मानन्द भट्ट, गजेन्द्र स्वार, दलबहादुर रावल र प्रेम डगौरा गरी ८ जनाले दाबी गरेका छन्। सचिवमा ममताप्रसाद चौधरी, हितेस ओझा, विष्णु चन्द, कमलबहादुर राना, चूडामणि भट्ट, आनन्दप्रसाद भट्ट, शम्भु कुँवर, वीरेन्द्रबहादुर रावल, द्वारिका न्यौपाने, विष्णुबहादुर चौधरी, वक्तबहादुर शाही र भीष्मराज सुवेदी गरी सचिवमा १२ जनाले उम्मेदवारी दिने तयारीमा छन्।

२ पदको उपसचिवमा ३० जनाले दाबी गरेका छन्। उपसचिवका लागि धिमलाल जोशी, राजु गुरुङ, चक्रबहादुर विष्ट, नौरता देवी खड्का, मदन राज रेग्मी, टीकाराम आचार्य, हिक्मत रावल, दलबहादुर विष्ट, केदारप्रसाद ओझा, अम्बिका विष्ट मल्ल, भुवन रिजाल, निर्मला संज्याल, किशोर शाह, लक्ष्मी केसी, गणेशबहादुर साउद, मोहन विक, ध्रुवबहादुर भण्डारीले दाबी गरेका छन्।

त्यस्तै खगेन्द्रकुमार ठकुल्ला, जगत बोहरा, ध्रुव खत्री, नेत्रप्रसाद खनाल, कमला कुँवर, गृष्मा चौधरी, हर्कबहादुर बुढा, टेकबहादुर बुढा, प्रेम भुल, गोविन्द कोइराला, रत्ना कुँवर गणेश बुढा र सुरज परियारले पनि उपसचिवमा इच्छा देखाएका छन्। अधिवेशन मार्फत पाँच पदाधिकारी सहित १५० सदस्यीय निर्वाचित हुने छन्। त्यसको लागि ५६० जना प्रतिनिधि छनोट भइसकेका छन्।

 

प्रतिक्रिया