गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५०
Dho

केन्द्रीय समिति प्रत्यक्ष र समितिबाट पदाधिकारी चुन्ने व्यवस्था गरौँ : अध्यक्ष प्रचण्ड

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
बिहीबार, फागुन ०३, २०८०
केन्द्रीय समिति प्रत्यक्ष र समितिबाट पदाधिकारी चुन्ने व्यवस्था गरौँ : अध्यक्ष प्रचण्ड

काठमाडौं ः प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको केन्द्रीय समिति प्रत्यक्ष निर्वाचित र पदाधिकारी केन्द्रीय समितिले चयन गर्ने व्यवस्था गर्नु उपयुक्त हुने बताएका छन् । पार्टीको विधान अधिवेशनमा सुझावकारुपमा उठेका सवालहरुको जवाफमा पार्टी अध्यक्ष दाहालले प्राप्त सुझावहरुका आधारमा यस्तो व्यवस्था गर्नु ठीक हुने देखेको बताएका हुन् ।

अध्यक्ष दाहालले अब पार्टीको केन्द्रीय समिति १९९ सदस्यीय हुने व्यवस्था गर्न प्रस्ताव गरेका छन् । ‘समूहको सुझावको आधारमा केन्द्रीय समिति प्रत्यक्ष निर्वाचित र पदाधिकारी केन्द्रीय समितिले चयन गर्नु उपयुक्त हुन्छ’ उनले भने । समूहगत छलफलमा प्रतिनिधिहरुले पदाधिकारी पनि प्रत्यक्ष निर्वाचनबाटै चयन हुने व्यवस्था गर्न माग गरेका थिए ।

त्यस्तै, विधानमा प्रस्ताव गरिएको भन्दा केन्द्रीय समितिको संख्या बढाउने निश्कर्षमा माओवादी पुगेको छ । मस्यौदामा १५१ सदस्यीय प्रस्ताव गरेकोमा अब १९९ सदस्सीय हुने छ । पदाधिकारीको संख्या घटाएर ११ बनाउने निश्कर्ष माओवादीले निकालेको छ । नेताहरुको कार्यकारीको पदावधि विधानमा उल्लेख नगरी नियमावली बनाएर तोक्ने जानकारी दाहालले दिएका छन् ।

विधान अधिवेशमा प्रतिस्पर्धात्मक विधिबाट नेतृत्व चयन गर्न बलियो मत आएको छ । समूहगत सुझाव अनुसार विधान मस्यौदामा २० समूह नेताले सुझाव दिंदै प्रतिस्पर्धात्मक विधिलाई समेट्नु पर्ने धारणा राखेका थिए । अध्यक्ष दाहालले मंगलबार अधिवशेनमा प्रस्तुत गरेको विधान मस्यौदामाथि सबै समूहले सुझाव दिनक्रम बिहीबार सकिएको छ ।

प्रतिनिधिको सुझावको आधारमा विधानलाई अन्तिम रुप दिई हलबाट पारित गर्ने तयारी छ । सुझावलाई समावेश गर्ने हो भने अब माओवादी नेतृत्व प्रत्यक्ष निर्वाचन विधिबाट चयन हुने छ । मङ्गलबारदेखि काठमाडाौको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो । बुधबार १३ र बिहीबार सात समूहले बाट मस्यौंदा विधानमाथि सुझाव प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया