गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:०४
Dho

गौमुल गाउँपालिकामा खुल्ला सेभेन “ए” साइड फुटबल प्रतियोगीता हुने

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, फागुन ०१, २०८०
गौमुल गाउँपालिकामा खुल्ला सेभेन “ए” साइड फुटबल प्रतियोगीता हुने

बाजुरा ः गौमुल गाउँपालिकामा खुल्ला सेभेन “ए” साइड फुटबल प्रतियोगीता हुने भएको छ । गाउँपालिकाको केन्द्र घट्मुनामा हुने गरी प्रतियोगीताको तयारी तीव्र रुपमा भईरहेको छ । आगामी फागुन ४ गतेबाट प्रतियोगीता आयोजना गरिने भएको छ । गौमुल गाउँपालिकामा रहेको  (CYC)  युथ क्लवको आयोजनामा कार्यक्रमको आयोजना गरिएको हो । 

फुटबल प्रतियोगीताका लागि समयमै टिम दर्ता गरिदिन आयोजक क्लवका खेलाडी हेमराज रोकायाले अनुरोध गरेका छन् । खेलमा भाग लिन जिल्लाका ७ वटा टिमले यसअघि नै टिम दर्ता गर्न सम्पर्क गरिसकेका छन् ।

अन्य इच्छुक खेलाडीले समेत फागुन ३ गते दिउँसो १२ बजेभित्र टिम दर्ता गर्न आग्रह गरिएको छ । खुल्ला सेभेन “ए” साइड फुटबल प्रतियोगीतामा प्रथम हुनेलाई बोका पुरस्कार प्रदान गरिने भएको छ ।

खेलमा उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी र उच्च गोलकर्तालाई समेत उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले बताएका छन् । पालिकाको केन्द्र घट्मुनामा पहिलो पटक फुटबल प्रतियोगीताको आयोजना गरिने भएको छ ।

खेल हेर्नका लागि जिल्लाका विभिन्न ठाउँबाट दर्शक आउने अनुमान आयोजकको रहेको छ । जिल्लामा फुटबल प्रति खेलाडीको अभिरुचि पछिल्लो समय बढ्दै गएको छ । खेलाडी उत्पादन गरी राष्ट्रसम्म पुरयाउने उद्देश्यका साथ सानो खेल मैदानका बाबजुत पनि सेभेन “ए” साइड फुटबल प्रतियोगीता आयोजना गर्न लागिएको छ । 

यी हुन् फुटबल खेलका ६ फाइदा

  •  फुटबल खेल्ने क्रममा मानिस औसत ५ देखि ७ माइलसम्म दौडिने गर्छ । यसरी फुलबल खेल्दा गरिने ‘वाकिङ’ र ‘रनिङ’ले ‘कार्डियोभास्कुलर हेल्थ’मा फाइदा पु-याउँछ ।
  •  फुटबल खेल्दा हाड मजबुत बन्छ । साथै, मसल्स टोनिङ र लोअर बडीको बोसो कम गर्नसमेत यो खेल निकै उपयोगी हुन्छ ।
  •  खेल्ने क्रममा मस्तिष्कले निकै तीव्र गतिमा काम गर्छ । त्यस्तो समय शरीरका अन्य भागले पनि मस्तिष्कलाई छिटो पछ्याउने गर्छ । जसका कारण शरीर र मस्तिष्कबीचको सन्तुलन पनि अब्बल हुन्छ ।
  •  फुटबल खेलका क्रममा किकिङ, जम्पिङ र टर्निङजस्ता शारीरिक गतिविधि लगातार हुने गर्छन् । जसका कारण शरीरको तल्लो भाग बलियो बन्छ ।
  •  बालबालिकाको शारीरिक विकासमा सहयोग पुग्छ । मानिसको आत्मविश्वास र सकारात्मक ऊर्जा बढ्छ । लक्ष्यप्राप्तिमा फोकस हुन सिकाउँछ । 
  •  फुटबल टिम गेम हो । यसले एकजुट हुन, सहकर्मीलाई विश्वास गर्न र आपसी समन्वय मजबुत बनाउन प्रोत्साहन गर्छ । 


 

प्रतिक्रिया