गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:५४
Dho

खप्तड छेडेदह गाउँपालिकाका- ७ का भूकम्प प्रभावितलाई राहत हस्तान्तरण

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, माघ २४, २०८०
खप्तड छेडेदह गाउँपालिकाका-  ७ का भूकम्प प्रभावितलाई राहत हस्तान्तरण

बाजुरा : खप्तड छेडेदह गाउँपालिका ७ का भूकम्प प्रभावित १ सय १५ परिवारलाई राहत वितरण गरिएको छ । नेपाल रेडक्रम सोसाइटी बाजुरा शाखासँगको सहकार्यमा वडा कार्यालयले राहत सहयोग गरेको वडा अध्यक्ष खगेन्द्र रावतले जानकारी दिएका छन् ।

१९ जना वृद्धा महिलालाई जकेट, २० जनालाई म्याट र ७६ जनालाई त्रिपाल सहयोग गरिएको हो । भुकम्प प्रभावितलाई राहत स्वरुप सहयोग गरिएको वडा कार्यालयले बताएको छ । वडाले भुकम्प प्रभावितको अवस्था हेरेर सहयोग गरेको हो । 

नेपाल रेडक्रस सोसाइटीले घर भत्केका, घर क्षति भएका र अन्य नोक्सानी बेहोरेका परिवारलाई राहत दिने गरेको छ । राहत स्वरुप प्रदान गरिएको सहयोग वडा कार्यालयमा औपचारिक कार्यक्रम सहीत वितरण गरिएको वडा सचिव रमेशबहादुर ओलीले जानकारी दिएका छन् । चिसो मौसमलाई मध्येनजर गरेर सहयोग गरिएको हो । 

प्रतिक्रिया