गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ ११:००
Dho

बाजुरामा चट्याङ लागेर एकको मृत्यु, १० घाइते

गाैमुल खबर गाैमुल खबर
बिहीबार, माघ १८, २०८०
बाजुरामा चट्याङ लागेर एकको मृत्यु, १० घाइते

बाजुरा : बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । भने १० जना घाइते भएका छन् । खप्तड छेडेदह गाउँपालिका १ काँडा डाब्रेतोलका ६८ वर्षीया दलसिंह बुढाको चट्याङ लागेर मृत्यु भएको काँडा प्रहरी चौकी प्रहरी सहायक निरीक्षक धरेन्द्र बहादुर ठगुन्नाले बताएका छन् ।

उहाँका अनुसार बुधबार राति साढे ११ बजे चट्याङमा परी डाब्रेतोल गाउँका अन्य १० जना घाइते भएका छन् । ती मध्ये एकजना गम्भीर घाइते भएको उनले जानकारि दिएका छन् ।

चट्याङ लागेर घाइते हुनेमा ६० वर्षीया पिउली बुढा, १४ वर्षीय अस्मिता बुढा, ५० वर्षीया पशु बुढा, ५० वर्षीय देब बुढा, ५५ वर्षीया कलु बुढा, ४५ वर्षीया कमला बुढा, ६२ वर्षीया झिरु बुढा, १४ वर्षीय चन्दा बुढा, ३५ वर्षीया तुली बुढा र ६५ वर्षीया धना बुढा रहेका छन् । 

धना बुढा भने शक्त घाइते छन् । भने अन्यको शरिर तथा हात खुट्टामा चोटपट लागेर सामान्य घाइते भएको प्रहरी सहायक निरीक्षक ठगुन्नाले बताएका छन् । चट्याङ लागेर २ बाख्रा १ गोरु र १ गाई पनि मरेको उनले बताए । 

प्रतिक्रिया