गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:४२
Dho

बाजुरा बदल्न सोच बदलिनु पर्ने : सांसद पाण्डे

गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, माघ १६, २०८०
बाजुरा बदल्न सोच बदलिनु पर्ने : सांसद पाण्डे

बाजुरा : प्रतिनिधी सभा सदस्य बद्रीप्रसाद पाण्डेले राजनीतिक आस्था र प्रतिसोधले मात्रै मुलुक नबन्ने बताएका छन् । एकले अर्को सक्ने र सकाउने खेल बन्द नभएसम्म देशको उन्नती र प्रगति हुनै नसक्ने पाण्डेको दाबी छ ।

प्रेस युनियन बाजुराले कोल्टीमा आयोजना गरेको पत्रकार भेटघाटमा सांसद पाण्डेले बाजुरा बदल्न सोच बदलिनु पर्नेमा जोड दिएका छन् । पार्टी, आस्था र विचारले मात्रै विकास संभव छैन्, विकासका लागि सहकार्य, समन्वय र सहअस्तीत्व हुनु पर्नेमा धारणा राखेका छन् ।

बाजुराको परिचय नै फरक रुपमा स्थापित भयो, केही कामले केही नियतले बाजुराको गलत प्रचार भइरहेको छ, त्यसमा म सच्चिन तयार छु, बरु मेरो संसद पद नै त्याग्न परे तयार हुन्छु, यो जिल्ला फेरिनु पर्छ, बदलिनु पर्छ, पाण्डेले भन्नु भयो ।

बाजुरामा हामी दुई जना कर्णबहादुर थापा र म सिनियर नेता छौं, मलाई यसमा पनि केही छैन्, कर्ण थापा मेरो पनि नेता हो, मलाई सिनियर भन्नमा कुनै समस्या र अफ्ठ्यरो छैन्, तर बसौ, संवाद गरौं, केही फरक सोचौं अब निकै ढिलो भइसक्यो, पाण्डेले थप्नु भयो ।

बाजुराको विकासमा संघियताको प्रभाव पनि रहेको पाण्डेले बताए । बाजुरा पालिका र संघ प्रदेशको सरकार फरक आस्था र विचार राख्ने पार्टीको हुने कुराले पनि ठूलो असर पारेको देखिन्छ अव त्यो हुन दिनु हुदैन्, त्यसको अगुवाई र नेतृत्व भूमिका र जिम्मेवारीले मैले गर्नु पर्छ, सांसद पाण्डेले बताए ।

नेपाली काँग्रेसका सहमहामन्त्री समेत रहेका पाण्डेले काँग्रेस पनि सच्चीत जरुरी रहेको बताए । अबको महासमिति बैठकबाटै केही फरक निर्णय र योजना सहीतको बसह पार्टी भित्र थालनी गरिने जानकारी दिए । देशको बजेट जति चालुमै खर्च हुने परिपार्टीको अन्त्य गर्नु पर्ने धारणा राखेका पाण्डेले जिल्ला समन्वय समितिको अधिकार र कार्यक्षेत्रलाई फराकिलो बनाउनेमा संविधान नै संसोधन गरेर भएपनि गर्न आवश्यक रहेको बताए ।

हरेक दशकमा संविधान संसोधन जरुरी हुन्छ, नेपालको संविधान पनि निर्माण भएको ८ वर्ष बितिसक्यो केही कुरालाई समयअनुकुल बनाउनु, पर्ने, पुजिँगत खर्च कटौतीमा ध्यान दिन जरुरी रहेको बताएका छन् । पाण्डेले विदेश मोह पैसा नहुनेको गन्तव्य मात्रै नहुने भएकोले शिक्षा स्वास्थ्य भित्रको व्यापारीकरण र निजी करणको विषयमा आफूहरुले विषयगत समितिमा व्यापक छलफल र बहस चलाइरहेको बताए ।

बाजुराको चित्र फेरिने अवस्था नै फेरिन । अवस्था उस्तै देखिन्छ । लगानी अनुसारको विकासमा सोच र ध्यान नै नगएको विषय छ । यसमा जिल्ला समन्वय समितिको प्रमुख तुलसीराम रोकायाले समन्वयकारी भूमिका निर्वाह गर्नसक्ने क्षमतालाई प्रयोग गर्न आग्रह गरेका छन् ।

पत्रकार भेटघाटमा सहभागि समन्वय समिति प्रमुख तुलसीराम रोकायाले  सहकार्य, समन्वय र सहभावलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने जनप्रतिनिधी राजनीतिक आस्था र विचार माथि हुनु पर्ने सुझाव दिएका छन् ।

नौ वटै पालिकाका जनप्रतिनिधी, संघ र प्रदेशका सांसद, दलका नेताहरु सबैलाई एक ठाउँमा राखेर छलफल प्रारम्भ गर्न सांसद पाण्डे र समन्वय समिति प्रमुख रोकाया सहमत भएका छन् ।

प्रतिक्रिया