गाैमुल खबर डटकम आइतबार १६, कार्तिक २०८३ ०४:०५

बुढीगंगामा स्थानीय सरकारको कार्यसम्पादन सुधार अभियान : जनप्रतिनिधि र कर्मचारीलाई तालिम

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, कार्तिक १५, २०८३
बुढीगंगामा स्थानीय सरकारको कार्यसम्पादन सुधार अभियान : जनप्रतिनिधि र कर्मचारीलाई तालिम

बाजुरा ःबाजुराको बुढीगंगा नगरपालिकाले जनप्रतिनिधि, वडा सचिव तथा शाखा प्रमुखहरुका लागि स्थानीय सरकार सञ्चालन तथा कार्यसम्पादन मूल्याङ्कन प्रणाली (LG PAS) सम्बन्धी दुईदिने अभिमुखीकरण तथा तालिम कार्यक्रम सञ्चालन गरेको छ।

नगरपालिकाको आयोजनामा सञ्चालन भएको उक्त कार्यक्रम कात्तिक १२ गतेदेखि १४ गतेसम्म बुढीगंगा नगरपालिकाको सभा हलमा आयोजना गरिएको हो। बिहान १० बजेदेखि सुरु हुने कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, वडा सचिव र विभिन्न शाखाका प्रमुखहरुको सहभागिता रहेकाे थियाे ।

स्थानीय तहको संस्थागत क्षमता अभिवृद्धि गर्ने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा कार्यसम्पादन मूल्याङ्कन प्रणालीबारे जनप्रतिनिधि र कर्मचारीलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा LG PAS को अवधारणा, यसको कार्यान्वयन प्रक्रिया, स्थानीय तहको संस्थागत स्वमूल्याङ्कन, कार्य सम्पादन सुधार तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा अभिमुखीकरण तथा प्रशिक्षण दिईएको हो ।

स्थानीय सरकारको कामकारबाहीलाई पारदर्शी, जवाफदेही र परिणाममुखी बनाउन यस्ता अभिमुखीकरण तथा तालिम कार्यक्रमले सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया