गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:३९
Dho

खप्तड छेडेदहमा पशु स्वास्थ्य शिविर : २ हजार बढी पशुको उपचार

गाैमुल खबर गाैमुल खबर
बिहीबार, माघ ११, २०८०
खप्तड छेडेदहमा पशु स्वास्थ्य शिविर : २ हजार बढी पशुको उपचार

बाजुरा : बाजुराको खप्तड छेडेदहमा गाउँपालिका ४ मा आज पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयको आयोजनामा र वडा कार्यालयको समन्वयमा सञ्चालन गरिएको एक दिने शिविरमा १ हजा भन्दा बढी पशुको उपचार गरिएको छ ।

पशुपालक किसानलाई सहजताका लागि गाउँमै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । विशेष गरी व्यवसायीक रुपमा लागिरहेका पशुपालक किसानलाई लक्षित गर्दै शिविर सञ्चालन गरिएको वडाध्यक्ष दलबहादुर धामीले बताएका छन् । 

शिविरमा २ हजार १ सय १६ को उपचार गरिएको पशु सेवा शाखा खप्तड छेडेदह गाउँपालिकाका प्रमुख चक्रबहादुर थापाले बताएका छन । १ हजार एक सय ६५ बाख्रा, ६ सय ४ गाईगोरु, २ सय ८२ भैंसी र ६५ कुखुरालाई औषधी वितरण तथा उपचार गरिएको पशु सेवा शाखा प्रमुख चक्रबहादुर थापाले बताएका छन् । 

शिविर सञ्चालनले वडा ४ का सबै किसानहरु लाभान्वित भएका छन् । गाउँमै निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरेपछि स्थानीय किसान खुशी भएका थिए । पशु विज्ञ सहीतको टोलील उपचार सहीत औषधी उपलब्ध गराएपछि स्थानीय खुशी भएका हुन् । 

बाह्य र आन्तरिक परजिविका कारण लाग्ने रोगविरुद्धका औषधि वितरण गरिएको पशु सेवा विज्ञ केन्द्र शाखा प्रमुख थापाले जानकारी दिए । शिविरबाट किसानहरुलाई पशुहरुमा लाग्ने रोगहरुको बारेमा जानकारी दिएको र पशुरोगबाट बच्ने उपायबारे परामर्स गरिएको थियो ।   

प्रतिक्रिया