गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ ०५:१७

खोला तर्दै गर्दा बगे १६ वर्षीय किशोर

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, भदौ २४, २०८३
खोला तर्दै गर्दा बगे १६ वर्षीय किशोर

बाजुरा ः बाजुरामा खोला तर्ने क्रममा एक किशोर बगेर बेपत्ता भएका छन्। जगन्नाथ गाउँपालिका-३ निवासी बिर्ज सिंहका अन्दाजी १७ वर्षीय छोरा अनुज सिंह मंगलबार दिउँसो बाख्रा चराउन जाने क्रममा सोही ठाउँस्थित कालसिङ्गे खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार बाख्रा चराउन गएका किशोर खोला तर्ने क्रममा बगेपछि घटनाबारे स्थानीय खडक भण्डारीले मंगलबार साँझ करिब ५ः५० बजे प्रहरी चौकी जुड्डीमा जानकारी गराएका थिए।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक रमेशबहादुर रावलको नेतृत्वमा तीन जना प्रहरी घटनास्थलतर्फ परिचालन गरिएको थियो।

त्यसैगरी, सशस्त्र प्रहरी बल नेपाल गुल्म बाजुरा अन्तर्गत विपद् उद्धार सुरक्षा बेस कोल्टीबाट सात जनाको टोली समेत खोजी कार्यमा खटिएको छ।

बेपत्ता किशोरको प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोला आसपास तथा सम्भावित क्षेत्रमा खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रतिक्रिया