गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:१३
Dho

उत्पीडित जातीय मुक्ति समाज सुदूरपश्चिम प्रदेश कमिटी सदस्यमा अमर विक मनाेनित

गाैमुल खबर गाैमुल खबर
बिहीबार, माघ ११, २०८०
उत्पीडित जातीय मुक्ति समाज सुदूरपश्चिम प्रदेश  कमिटी सदस्यमा अमर विक मनाेनित

बाजुरा : नेपाल उत्पीडित जातीय मुक्ति समाज सुदूरपश्चिम प्रदेश कमिटी सदस्यमा बाजुराका अमर बहादुर विक मानोनित भएका छन् । गौमुल गाउँपालिका–४ का वडाध्यक्ष समेत रहेका विक नेपाल उत्पीडित जातीय मुक्ति समाज सुदूरपश्चिम प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकबाट सदस्यमा मनोनित भएका हुन् । 

बुधबार मनमहोन स्मृति भवन, नेकपा एमाले पार्टी कार्यालय धनगढीमा भएको प्रदेशको तेस्रो पूर्ण बैठकबाट अध्यक्ष विक उत्पीडित जातीय मुक्ति समाजको सदस्यमा मनोनित भएका थिए । 

विकले सामाजिक सञ्जाल फेसबुकमा फोटो पोष्ट गर्दै आफूलाई सदस्यमा मनोनित गर्ने प्रदेश अध्यक्ष सहीत सिङ्गगो प्रदेश कमटी र अग्रजप्रति अभार व्यक्त गरेका छन् । उनले आफूलाई दिएको जिम्मेवारी इमान्दार र अनुशासित भएर निर्वाह गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।  

नेपाल उत्पीडित जातीय मुक्ति समाज नेपाल राजनीतिक रुपमा नेकपा एमाले निकट एक भातृ संगठनका रुपमा राजनैतिक, समाजिक आन्दोलन गदै समाजिक न्याय र रुपान्तरका निम्ति सघर्ष गदै आइरहेको छ । जसले नेपाली दलित आन्दोलनलाई थप उचाइमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

प्रतिक्रिया