गाैमुल खबर डटकम शनिबार २०, भदौ २०८३ ०४:१६

पहिरोको कहर : गोठ पुरिँदा तीन गोरु मरे, आठ चौपाया घाइते

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, भदौ २०, २०८३
पहिरोको कहर : गोठ पुरिँदा तीन गोरु मरे, आठ चौपाया घाइते

बाजुरा ः बाजुराको खप्तड छेडेदह गाउँपालिका-५ डोगडीमा अविरल वर्षापछि आएको पहिरोले गोठ पुरिँदा तीन वटा गोरु मरेका छन् भने एक गोरुसहित सात वटा बाख्रा घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार बिहीबार रातिदेखि परेको अविरल वर्षापछि गोठमाथिबाट पहिरो खसेको हो । पहिरोले स्थानीय करु बुढाको एकतले कच्ची गाईगोठ पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परी गोठमा रहेका छिमेकी शान्त बुढाका तीन वटा गोरु पुरिएर मरेका छन् । एक गोरु र सात वटा बाख्रा भने घाइते भएका छन् । लगातारको वर्षाका कारण बाजुराका विभिन्न बस्ती बाढी तथा पहिरोको उच्च जोखिममा रहेका छन् ।

जिल्ला प्रशासन कार्यालयले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्कता अपनाउन तथा सम्भावित विपद्बाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया