बाजुरा ः बाजुराको खप्तड छेडेदह गाउँपालिका-५ डोगडीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा सोही ठाउँका अन्दाजी ५४ वर्षीय धनबहादुर बुढा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार बुढा मंगलबार राति गाउँ नजिकै मृत अवस्थामा फेला परेका हुन्।
छहरा माथि र सडकको तल शव फेला परेको हुँदा चिप्लिएर लड्दा मृत्यु भएको हुन सक्ने प्रारम्भिक आशंका गरिएको प्रहरी निरीक्षक भाटले जानकारी दिए।
बुधबार बिहान करिब ७ बजे घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला सदरमुकाम मार्तडीबाट प्रहरी निरीक्षक भाटको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ।
मृतक बुढाको शव पोस्टमार्टमका लागि सदरमुकाम ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।





प्रतिक्रिया