गाैमुल खबर डटकम मङ्गलबार २६, साउन २०८३ ०५:०८

बाजुरामा बस माथि ढुंगा बजारियो

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, साउन २५, २०८३
बाजुरामा बस माथि ढुंगा बजारियो

बाजुरा ः बाजुराको जगन्नाथ गाउँपालिका-५ भुकाह खोलामा बसमाथि ढुंगा बजारिएको छ । भे १ ख २८३१ नम्बरको रोकिराखेको बसमाथि ढुंगा बजारिएको जिल्ला प्रहरी कार्यालय बाजुराकी डीएसपी शैलेश्वरी बोहराले जानकारी दिइन् । उनका अनुसार, बसमा कोही पनि रहेका थिएनन् ।

बस सडकमा नचढेपछि सबै यात्रुलाई ओरालिएको थियो । सोही बेलामा माथिबाट ढुंगा झरेर बसमा लाग्न पुगेको डीएसपी बोहराले बताइन् । सडकमा बस नचढेपछि सबै यात्रुलाई ओरालिएका कारण मानवीय क्षति नभएको जानकारी दिइन्।

प्रतिक्रिया