गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ १२:१३

खप्तड छेडेदहमा रुखबाट खसेर बालिकाको मृत्यु

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, असार १४, २०८३
खप्तड छेडेदहमा रुखबाट खसेर बालिकाको मृत्यु

बाजुरा ः जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा शनिबार रुखबाट खसेर एक बालिकाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका-३ पुडाबाब्ला बस्ने आइते रावतकी ९ वर्षीया छोरी प्रिन्सा रावत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेशबहादुर शाहीले जानकारी दिएका छन् ।

उनका अनुसार शनिबार घर नजिकैको बारीमा रहेको तिमिलाको रुखमा घाँस काट्ने क्रममा रूखबाट खसेर गम्भीर घाइते रावतको अछामको बयालपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । रुखबाट खसेर गम्भीर घाइते भएकी बालिकालाई अछाम बयालपाटा अस्पतालमा उपचारका लागि लगिएको थियो ।
 

प्रतिक्रिया