गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:०९
Dho

गौमुल गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षद्धारा पक्की पुल निर्माण कार्यको अनुगमन

मोटरेवल पक्की पुल निर्माण शीघ्र गर्न अध्यक्ष हरि बहादुर रोकायाकाे आग्रह
बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, माघ ०३, २०८०
गौमुल गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षद्धारा पक्की पुल निर्माण कार्यको अनुगमन

बाजुरा : गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकाया र उपाध्यक्ष सीता थापाले घट्मुना, मानाकोट जोड्ने पक्की पुलको संयुक्त रुपमा अनुगमन गर्नुभएको छ । गौमुल गाउँपालिकाको केन्द्र घट्मुनाबाट साविकको मानाकोट गाविस जोड्ने सिमधारा घाटमा मोटरेवल पक्की पुल निर्माण कार्य तीव्र गतिमा यतिबेला चलेको छ ।

 पुल निर्माण कार्यको गुणस्तर र कामको गतिका बिषयमा जानकारी लिन निर्माण कार्य स्थल सिमधारा घाट वहाँहरु पुग्नु भएको हो । मोटरेवल पक्की पुल निर्माण हुने भएपछि आउजाउमा समेत असर हुने भएपछि वैकल्पिक मार्गका लागि समेत व्यवस्थापन गर्न ठेकेदार कम्पनीलाई निर्देशन गरिएको छ । 

वैकल्पिक मार्गका लागि तत्काल ट्रयाक खोलिने भएको छ । पुल बन्न थालेपछि यातायातका साधनलाई समस्या भएको थियो ।  मोटरेवल पक्की पुल निर्माण शीघ्र गर्न अध्यक्ष हरि बहादुर रोकायाले आग्रह गर्नुभएको छ । स्थानीय सरकारका तर्फबाट सहयोग गर्न परे तयार रहेको कारण कुनै आनाकानी बिना मोटरेवल पुल निर्माण कार्य सक्न निर्देशन दिनुभएको छ ।

 गौमुल गाउँपालिका, प्रदेश र संघीय सरकारले लगानीमा वर्षौँअघि सडक बनेको भएपनि हालसम्म पुल नहुँदा झोलुंगे पुल प्रयोग हुँदै आएको छ । सिमधारा घाटमा पक्की पुल बन्ने भएपछि स्थानीय हर्षित भएका छन् । मोटरेवल पुल बनेपछि साविकको मानाकोट गाविस क्षेत्रका स्थानीयलाई सहज हुने भएको छ ।

 ४० मिटर लामो पुल भ्याट सहित सात करोड २८ लाख ६६ हजार चार सय ४७ रुपैयाँको लागतमा निर्माण हुन लागेको हो । पूर्वाधारा विकास कार्यालय साँफेबगर अछामले नन्देगडा एस.एम.पी.जेभीसँग निर्माण गर्ने सम्झौता गरेको छ । आयोजना ०८१ वैशाख अन्तिमसम्म सम्पन्न गर्ने सम्झौता भएको हो । 


 

प्रतिक्रिया