गाैमुल खबर डटकम बुधबार ०३, असार २०८३ ०३:२५

विद्युत् सर्ट हुँदा बाजुराको डोगडीमा घर जल्यो, लाखौंको क्षति अनुमान

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, जेठ १२, २०८३
विद्युत् सर्ट हुँदा बाजुराको डोगडीमा घर जल्यो, लाखौंको क्षति अनुमान

बाजुरा ः बाजुराको खप्तड छेडेदह गाउँपालिका-५ डोगडीमा आगलागी हुँदा घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । डोगडी निवासी लोकेन्द्र रावतको घरमा विद्युत् तार सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

आगलागीले रावतको घरसहित घरभित्र रहेका खाद्यान्न, भाँडावर्तन, लत्ताकपडा लगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् । यस्तै, गोठमा बाँधिएका दुई वटा बाख्रा समेत आगोमा जलेर मरेका छन् ।

घटनाको पूर्ण क्षतिको विवरण आउन बाँकी रहेको छ । स्थानीयबासी र प्रहरीको संयुक्त प्रयासमा आगलागी नियन्त्रणमा लिइएको तथा घटनामा कुनै मानवीय क्षति नभएको हो ।
 

प्रतिक्रिया