बाजुरा ः बाजुरा सदरमुकाम मार्तडीमा रहेको क्रिएटर जोन एकेडेमी प्रा.लि.ले कक्षा १० का विद्यार्थीहरुको शैक्षिक उपलब्धि, अनुशासन, नियमितता तथा उज्ज्वल भविष्यलाई केन्द्रमा राख्दै अभिभावक अन्तरक्रियात्मक बैठक सम्पन्न गरेको छ ।
उक्त बैठकमा विद्यार्थीहरुको अध्ययन अवस्था, माध्यमिक शिक्षा परीक्षा (एसईई) तयारी, विद्यालय-अभिभावक सहकार्य तथा आगामी शैक्षिक योजनाका विषयमा सकारात्मक र फलदायी छलफल गरिएको विद्यालयका प्रिन्सिपल मीनबहादुर कार्कीले बताएका छन् ।
बैठकमा सहभागी अभिभावकहरुले विद्यार्थीहरुको समग्र विकासका लागि विद्यालयले खेलेको भूमिकाप्रति विश्वास व्यक्त गर्दै विभिन्न रचनात्मक सुझाव समेत दिएका थिए ।
अभिभावकहरुबाट प्राप्त सुझाव, साथ र विश्वासले विद्यालय परिवारलाई अझ जिम्मेवार, उत्साहित र प्रतिबद्ध बनाएको विद्यालयका व्यवस्थापक मानबहादुर कार्कीले बताएका छन् ।
विद्यालयले विद्यार्थीहरुको सफल भविष्य निर्माणका लागि विद्यालय, शिक्षक तथा अभिभावकबीचको सहकार्यलाई अझ मजबुत बनाउँदै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
कार्यक्रमले विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धिसँगै अभिभावक र विद्यालयबीचको सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुगेको सहभागीहरूको विश्वास रहेको छ ।






प्रतिक्रिया