गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:२८
Dho

अनेरास्ववियु सुदूरपश्चिम अध्यक्षमा मनोज राई निर्वाचित

धनगढी
गाैमुल खबर डटकम
बिहीबार, पुष २६, २०८०
अनेरास्ववियु सुदूरपश्चिम अध्यक्षमा मनोज राई निर्वाचित

धनगढी : नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु सुदूरपश्चिम प्रदेशको अध्यक्षमा मनोज राई निर्वाचित भएका छन्। प्रथम अधिवेशनबाट राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा इन्द्र बाेहरा, रोहित बोगटी र दिनेश सिंह, सचिवमा कमल रोकाय चयन भएका छन्।  यस्तै सहसचिवमा यशोदा थापा, पुष्कर दौल्याल र नरेन्द्र साउद चयन भए। अधिवेशनको उद्घाटन अनेरास्ववियुका अध्यक्ष समिक बडालले गरेका थिए। 

प्रतिक्रिया