गाैमुल खबर डटकम शनिबार ०८, मङि्सर २०८१ ११:५९

बैतडीमा ‘बुस्टर डोज’ लगाउनेको संख्या कम

कोरोनाविरुद्ध पूर्ण खोप लगाउनेको संख्या ६४ प्रतिशत
बैतडी
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, फागुन २०, २०७८
बैतडीमा ‘बुस्टर डोज’ लगाउनेको संख्या कम

बैतडीमा कोरोना भाइरसविरुद्ध बुस्टर डोज लगाउनेको संख्या कम रहेको छ। जिल्लामा कोरोनाविरुद्ध पूर्ण खोप लगाउनेको संख्या ६४ प्रतिशत पुगेको र बुस्टर डोज लगाउनेको संख्या भने ५ प्रतिशत मात्रै रहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।

खोपको दुवै मात्रा लगाएको ६ महिना पूरा भएका नागरिकलाई सरकारले दिने भनेको बुस्टर डोज लगाउनेको संख्या कम रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लामा खोपको पर्याप्त उपलब्धता भएको र नजिकका स्वास्थ्य संस्थामा खोप लगाउने क्रम जारी रहेकाले कोरोनाविरुद्धको खोप लगाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ। 

प्रतिक्रिया