काठमाडौँ : पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। प्रहरीले भक्तपुरको कटुञ्जेस्थित निवासबाटै लेखकलाई पक्राउ गरेको हो। स्रोतका अनुसार प्रहरीले उनलाई पक्राउ गर्नुअघि जरुरी पक्राउ पुर्जी थमाएको थियो।
भदौ २३ र २४ गते भएको 'जेनजी' आन्दोलनपछि गठित छानबिन आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा लेखक पक्राउ परेका हुन्। यसैबीच, पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि पक्राउ गर्न प्रहरी टोली गुण्डु पुगेको छ।
ओली र लेखकलाई पक्राउ गर्ने विषयमा प्रधानमन्त्री बालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने र गृहमन्त्री सुदन गुरुङबीच छलफल भएको थियो। लगत्तै गृहमन्त्री गुरुङले प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललाई एमाले अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई पक्राउ गर्न निर्देशन दिएका थिए।





प्रतिक्रिया