गाैमुल खबर डटकम बिहीबार २१, फागुन २०८२ ०४:०८

निर्वाचनको अघिल्लो दिन मतदान अधिकृत नै बर्खास्त

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
बुधबार, फागुन २०, २०८२
निर्वाचनको अघिल्लो दिन मतदान अधिकृत नै बर्खास्त

पोखरा : बागलुङ निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत रमुवा आधारभूत विद्यालय मतदान केन्द्रका मतदान अधिकृत प्रकाश गैरे जिम्मेवारीबाट बर्खास्तीमा परेका छन् । निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा आँच पुग्ने गतिविधि गरेको भन्दै उनलाई जिम्मेवारीबाट हटाइएको हो ।

निर्वाचन अधिकृतको कार्यालयले उनलाई पदबाट मुक्त गर्दै तत्काल निर्वाचन सामग्री बुझाउन र कार्यालयमा सम्पर्क गर्न निर्देशन दिएको हो । बागलुङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ र २ का मतदान अधिकृतहरुको ह्वाट्सएप ग्रुपमा अन्य कर्मचारीहरुको मनोबल गिराउने खालका सन्देश प्रवाह गरेको आरोपमा गैरेमाथि यो कारबाही गरिएको हो ।

उनले ह्वाट्सएपमा लेखेका थिए, ‘तपाईंले मत ढुवानी खर्च ८ हजार रुपैयाँ दिनु हुन्छ अनि गाडीले १६ हजार रुपैयाँ लिन्छ अनि नभागेर च्यापेर बस्नु ?’ यस्ता लेख र क्रियाकलापले उनले जिम्मेवारी बहन गर्न नसक्ने देखिएकाले निर्वाचन सम्पन्न हुन सक्ने अवस्था विद्यमान नदेखिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन अधिकृत भीमप्रसाद सुवेदीले हस्ताक्षर गरेको पत्रमा गैरेले गरेको कार्यले निर्वाचनको काममा हेलचक्र्याइँ हुने र निर्वाचनको गरिमामा प्रतिकूल असर पर्ने उल्लेख छ ।

‘प्रतिनिधि सभा सदस्य निर्वाचन जनशक्ति व्यवस्थापन निर्देशिका, २०७९ को दफा २० बमोजिम तपाईंले गरेको कार्यले निर्वाचनको स्वच्छतामा आँच आउन सक्ने देखिएको छ,’ सुवेदीले भने, ‘यस निर्वाचन अधिकृतको कार्यालय तपाईंप्रति विश्वस्त हुन नसकेकाले रमुवा आधारभूत विद्यालयको मतदान अधिकृतको जिम्मेवारीबाट हटाइएको छ ।’ 
null

प्रतिक्रिया