बाजुरा ःनेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य पार्वती जोशी हमालले आफू पार्टीबाट अलग भएर स्वतन्त्र बस्ने विषयमा सामाजिक सञ्जालमा फैलाइएको सूचना पूर्ण रूपमा झुटो, कपोलकल्पित र सुनियोजित भएको स्पष्ट पारेकी छन् ।
केही समय अघि फेसबुक मार्फत ‘पार्टी सदस्य नरहने’ आशयको सामग्री सार्वजनिक भएपछि जोशीले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै उक्त प्रचारमा कुनै सत्यता नरहेको बताएकी हुन् ।
उनले आफ्नो फेसबुक अकाउन्ट दुरुपयोग गरिएको दाबी गर्दै पार्टीभित्र भ्रम सिर्जना गर्ने उद्देश्यले केही तत्वले गलत सूचना फैलाएको उल्लेख गरेकी छन् । “म नेपाली काग्रेसको सक्रिय सदस्य हुँ, रहन्छु र पार्टीको सिद्धान्त, विचार र अभियान प्रति पूर्ण प्रतिबद्ध छु,” जोशीले भनिन् ।
आफ्नो नाम र तस्बिर प्रयोग गरी गरिएको प्रचारप्रति उनले गम्भीर आपत्ति जनाउँदै यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित पक्षलाई आग्रह गरेकी छन् । उनले पार्टीप्रति आफ्नो निष्ठा यथावत रहेको स्पष्ट पार्दै कार्यकर्ता तथा शुभेच्छुकहरुलाई भ्रममा नपर्न पनि अनुरोध गरेकी छन् ।





प्रतिक्रिया