बाजुरा ः गौमुल गाउँपालिका-१ मा नेकपा एमालेको चुनावी भेला सम्पन्न भएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी वडा कमिटीले आयोजना गरेको भेला भव्यताका साथ सम्पन्न भएको हो ।
एमाले केन्द्रीय कमिटी सदस्य नरेश कुमार रोकायाको नेतृत्वमा सञ्चालन गरिएको चुनावी अभियान कार्यक्रम अन्र्तगत शनिबार १ नम्बर वडामा बृहत कार्यकर्ता भेला कार्यक्रम आयोजना गरिएको वडा कमिटीले जनाएको छ ।
आमभेलामा युवा नेता रोकायाले सम्बोधन गर्नुका साथै पार्टीका एजेन्डाबारे जानकारी गराएका हुन् । सम्बोधनका क्रममा नेता रोकायाले हार्दिकता, एकता र इमान्दारीताका कारण गौमुलमा एमालेको एकता बलियो भएको बताएका छन् ।
वडा कमिटी अध्यक्ष बिनोद रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सञ्चालन विद्यार्थी नेता सुरेश रोकायाले गरेका हुन् ।
वडा कार्यालयको केन्द्र अम्लिसमा आयोजना गरिएको आमभेलामा एमाले जिल्ला कमिटी सचिवालय सदस्य सीता थापा, जिल्ला कमिटी सदस्यहरु गोरख बोहरा, धनलक्ष्मी जैशी, देवेन्द्र बहादुर रोकाया, देवबहादुर रोकाया, गाउँ कमिटी अध्यक्ष मोहन रोकाया लगायतका नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियो ।






प्रतिक्रिया