गाैमुल खबर डटकम आइतबार १०, फागुन २०८२ ०४:२४

गौमुल  गाउँपालिका-२ मा एमोलको चुनावी भेला सम्पन्न

गाैमुल खबर गाैमुल खबर
शनिबार, फागुन ०९, २०८२
गौमुल  गाउँपालिका-२ मा एमोलको चुनावी भेला सम्पन्न

बाजुरा : गौमुल गाउँपालिका २ मा नेकपा एमालेको चुनावी भेला सम्पन्न भएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी वडा कमिटीले आयोजना गरेको भेला भव्यताका साथ सम्पन्न भएको हो । 

एमाले केन्द्रीय कमिटी सदस्य नरेश कुमार रोकायाको नेतृत्वमा सञ्चालन गरिएको चुनावी अभियान कार्यक्रम अन्र्तगत शुक्रबार २ नम्बर वडामा बृहत कार्यकर्ता भेला कार्यक्रम आयोजना गरिएको वडा कमिटीले जनाएको छ ।

आमभेलामा युवा नेता रोकायाले सम्बोधन गर्नुका साथै पार्टीका एजेन्डाबारे जानकारी गराईएको थियो । सम्बोधनका क्रममा नेता रोकायाले हार्दिकता, एकता र इमान्दारीताका कारण गौमुलमा एमाले बलियो भएको बताएका छन् । 

एकता, हार्दिकता र सहकार्यलाई सधै कायम राख्दै पालिकाकै नमुना वडाको रुपमा विकास गर्न सुझाव दिए । वडा कार्यालयको केन्द्रीदेखि टाढा रहेका मल्लोदुगुन, पौदाली र अज्याटोट्की लगायतका गाउँहरुलाई भौगोलिक भू–वनावटका कारण सडक पुहँचमा जोड्ने काम ढिलाई भएको बताउँदै यसमा आफूहरु गम्भीर रुपमा लागिरहेका बताएका छन् । 

गाउँपालिकाको थोरै बजेटले चट्टान छिचल्न नसकिने र संघको बजेटले मात्रै संम्भव हुने भएकाले फागुन २१ गते हुने निर्वाचनमा एमालेका उम्मेदवार लाल बहादुर थापालाई जिताएर संसदमा पठाउन मतदातालाई आग्रह गरे । 

तल्लोदुगुन वडा कार्यालयको केन्द्रमा सञ्चालन गरिएको आमभेलामा एमाले जिल्ला कमिटी सचिवालय सदस्य सीता थापा, जिल्ला कमिटी सदस्यहरु गोरख बोहरा, धनलक्ष्मी जैशी, देवेन्द्र बहादुर रोकाया, देवबहादुर रोकाया, अमर विक, राजिव रोकाया, गाउँ कमिटी अध्यक्ष मोहन रोकाया लगायतका नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियो ।  

प्रतिक्रिया