गाैमुल खबर डटकम शनिबार ०९, फागुन २०८२ ०४:२८

काठमाडौंमा अनेरास्ववियुले जलायो बालेनको पुत्ला

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, फागुन ०८, २०८२
काठमाडौंमा अनेरास्ववियुले जलायो बालेनको पुत्ला

काठमाडौं । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा पार्टीको ‘सूर्य’ अंकित झण्डा जलाएको घटनाको विरोध जनाउँदै काठमाडौंमा मसाल जुलुस निकालेको छ । अनेरास्ववियुले आरआर क्याम्पसबाट मसाल जुलुस निकालेको हो ।

संगठनले यसलाई लोकतान्त्रिक मूल्य, राजनीतिक सहिष्णुता र सामाजिक सद्भावमा प्रत्यक्ष आघात पुर्‍याएको भन्दै झन्डा जलाएकोप्रति आपत्ति जनाएको हो ।

एमालेले आफ्नो पार्टीको झन्डा जलाएको आरोप रास्वपाको नेता कार्यकर्तालाई लगाएको छ । रास्वपाले यसको खण्डन गर्दै झन्डा जलाउने घटनामा पार्टीका नेता कार्यकर्ता संलग्न नरहेको बताइसकेको छ ।

प्रतिक्रिया