बाजुरा : नेकपा एमाले केन्द्रीय कमिटी सदस्य नरेश कुमार रोकायाले बाजुराली युवा जवानहरुले अध्ययनलाई पहिलो प्राथमिकता राखेर अगाडी बढ्नु पर्ने बताएका छन् । बिहीबार एमाले गौमुल गाउँपालिका ३ नम्बर वडा कमिटीले माझपालीमा आयोजना गरेको चुनावी भेलालाई सम्बोधन गर्दै उनले अध्ययन विना कुनै पनि लक्ष्य प्राप्ति गर्न नसकिने भएकाले अध्ययन र क्षमता विकासमा ध्यान दिनुपर्ने बताएका हुन् ।
नकारात्मक गतिविधि त्यागेर दुःख, कष्ट र मेहनतको बाटो रोज्ने युवा तथा नेताहरु चाहिएका बताउँदै त्यस्ता युवाहरु जन्माउने आफूहरुको सपना रहेको बताए । अन्य जिल्लाका युवा नेताहरु विभिन्न नीतिगत नेतृत्वमा हुनाले उनीहरुका गाउँ विकासले झिलीमिली छन्, उनले भने “यहाँ नबन्नुको कारण विभिन्न क्षेत्रमा हाम्रा मान्छेको पहुँच कम भयो, स-सना समूहमा त प्राप्त छन्, त्यो मानेमा गर्व गर्छु, तर म सन्तुष्ट भने छैन् । त्यस कारणले युवाहरुले अध्ययनमा अत्यन्त अनुशासित र कुशलताका साथ अगाडी बढ्नु पर्छ ।”
युवा नेता रोकायाले विकास क्रःमस भईरहेको बताउँदै थप पूर्वाधार विकासमा आफूहरु दृढताका साथ लाग्ने बताए । सबै गाउँलाई नजिक जोड्न र सहज रुपमा आउजाउ गर्न बाटोहरु विस्तार पुलपुलेसा निर्माणदेखि अन्तर जिल्ला बझाङ जोड्ने सडक हाल स्तरोन्नति भईरहेको र ५ वर्षभित्र कालोपत्रे गर्ने गरी आफूहरु लाग्ने उनको भनाइ थियो ।
हिजो जति दुःख थियो । आज त्यति दुःख छैन् । सुःखका कारणले पछिल्ला सन्ततिहरु केही मात्तिएका बताउँदै सम्झाई बुझाइ गर्न आवश्यक रहेको उनले बताएका छन् । सकारात्मक सुःख र सयल भित्र्याउने वातावरण सिर्जना गर्नु हामी सबैको दायित्व भएकाले आफ्ना सन्ततिहरुलाई अध्ययन र मेहनतको बाटोतर्फ हिडाउन आग्रह गरे ।





प्रतिक्रिया