गाैमुल खबर डटकम शनिबार ०९, फागुन २०८२ ०४:२८

माझपालीमा एमालेको चुनावी भेला : कांग्रेस परित्याग गरी बसन्त बोहराको परिवार एमाले प्रवेश

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, फागुन ०८, २०८२
माझपालीमा एमालेको चुनावी भेला : कांग्रेस परित्याग गरी बसन्त बोहराको परिवार एमाले प्रवेश

बाजुरा : गौमुल गाउँपालिका वडा नं.३ मा वडा कमिटीले आयोजना गरेको चुनावी भेला सम्पन्न भएको छ । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी विहीबार सञ्चालन गरिएको भेला सम्पन्न भएको हो ।

नेकपा एमाले केन्द्रीय कमिटी सदस्य नरेश कुमार रोकायाको प्रमुख आतिथ्यतामा भेला आयोजना गरिएको थियो । भेलामा एमाले जिल्ला कमिटी सचिवालय सदसय सीता थापा, सदस्यहरु गोरख बोहरा, देव बहादुर रोकाया, देवेन्द्र बहादुर रोकाया, अमर विक, राजिव रोकाया, गिता रोकाया, गाउँ कमिटी अध्यक्ष मोहन रोकाया लगायतका नेताहरुको उपस्थित रहेको थियो ।

भेलामा पार्टीका एजेन्डाबारे जानकारी गरिएपछि जनताले एमालेको विरासत कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा धल्काँडाका बसन्त बोहराको सिङ्गो परिवार नेपाली काँग्रेस परित्याग गरी एमाले प्रवेश गरेका छन् । 

बोहरालाई एमाले केन्द्रीय कमिटी सदस्य नरेश कुमार रोकायाले फूलमाल र अविर लगाएर पार्टीमा स्वागत गरेका थिए । बोहराले काँग्रेसको नीति सिद्धान्त र भिजन ठिक नभएकै कारण एमाले प्रवेश गरेको बताएका छन् ।

प्रतिक्रिया