गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५०
Dho

चेतनदीप अयडी हत्याकाण्डका अभियुक्त रिहाईपछि अनेरास्ववियु आन्दोलित

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, पुष २०, २०८०
चेतनदीप अयडी हत्याकाण्डका अभियुक्त रिहाईपछि अनेरास्ववियु आन्दोलित

बाजुरा : गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा बाजुरामा विभत्स हत्या गरिएका अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालय अध्यक्ष चेतन सिंह ऐडीको हत्यामा संलग्न रहेको आरोपीलाई सर्वाच्च अदालतबाट साधारण तारेखमा छोड्न दिएको ओदशका विरुद्ध नेकपा (एमाले) निकट युवा संघ र अनेरास्ववियुले विरोध जुलुस निकालेको छ । 

सदरमुकाम मार्तडी बजारको परिक्रमा सहित लोकतान्त्रिक चोकमा प्रधानमन्त्री र प्रधानन्याधीशको पुतला जलाएर विरोध गरिएको छ । उच्च अदालत दिपायलले जिल्ला अदालत बाजुराको फैसला सदर गरेर पूर्पक्षका लागि कारागार चलान गर्ने आदेश यसअघि गरेको भएपनि सर्वाच्च अदालतबाट साधारण तारेखमा छोड्न आदेश दिएपछि देशव्यापी आन्दोलन गर्ने अनेरास्ववियुले घोषणा गरेको छ । 

सर्वोच्च अदालतको आदेशपछि पुर्पक्षमा कारागारमा रहेका त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडी सहितका ६ जना शुक्रवार छुटेका छन । बाजुरा कारागारमा रहेका चक्रबहादुर अयडी, बिनोद बहादुर अयडी, भूपाल अयडी, रनसिंह अयडी र अछाम कारागारमा रहेकी रुपा चौधरी अयडीलाई साधारण तारेखमा छुटाउन सर्बच्व अदालतको आदेश पछि शुक्रबार आरोपितहरु छुटेका हुन् । 

जिल्ला अदालत बाजुराले उनीहरुलाई २०७९ पुस ५ मा पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो । आरोपितहरुले जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै उच्च अदालत दिपायलमा पुनरावेदन गरेको भएपनि गत २५ साउनमा उच्च अदालतले जिल्लाकै आदेश सदर गरेको थियो ।

तर सर्वोच्च अदालतका न्यायाधीशद्धय प्रकाशमान सिंह राउत र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले बिहीवार उच्च अदालतले समेत सदर गरेको आदेश बदर गर्दै पुर्पक्षमा कारागारमा रहेकाहरुलाई साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्नू भन्ने आदेश गरेको हो । मंसिर ४ गते जिल्लाको त्रिवेणी नगरपालिका–७ मा कुटपिटबाट ३२ वर्षीय ऐडीको हत्या गरिएको थियो । 

प्रतिक्रिया